फोटो ग्यालरी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० पेउघास्थित काँइयो खोलामा रहेको परम्परागत पानीघट्ट । पेउघा भएर बग्ने काँइयो खोलामा तीस भन्दा बढी परम्परागत पानीघट्ट सञ्चालन भएका छन । तस्वीर: अमरराज पुन, रुकुम

तनहुँ र चितवन जिल्ला जोडने आर्क किसिमको पुल । सोही स्थान नजिक निर्माण गरिएको पक्की पुल पुरानो र जीर्ण बन्दै गएपछि बिकल्पको रुपमा यो पुल निर्माण गरिएको हो । तस्बिर: सानेबहादुर नेपाली, तनहुँ

हिमाली जिल्ला मुस्ताङबाट दशैँ र तिहारका लागि बेनी, बाग्लुङ, पोखरा, काठमाण्डौँलगायत अन्य शहरमा भेडाच्याङग्रा बिक्री गर्न लगिँदै । तस्वीर: निरज थकाली, ठिनी(मुस्ताङ)

बैतडीको पाटनमा रहेको धानबालीको खेत । आजभोली यहाँका किसानलाई धानबाली भित्रयाउन चटारो परेको छ । तस्बिर: विनोद सिंह बिष्ट, बैतडी

पाल्पा तानसेनको चिनारीमा युवाले गरेको काउली खेती । तस्विर: कृष्ण दर्नाल, पाल्पा

शुक्लागण्डकी नगरपालिका ३ को दुलेगौंडामा सञ्चालित नेपाली कागज कारखानामा उत्पादित नेपाली कागजलाई घाममा सुकाउँदै कामदारहरु । तस्वीर: सानेबहादुर नेपाली, तनहुँ

स्याङजाको आँधिखाला गाउँपालिका–१ पञ्चमुल सिरुबारीका गाउँ गाउँमा पुगेर खबर गर्दै ८१ वर्षीय नरबहादुर कटवाल (साइँला) । गाउँमा नागरिकता वितरण गर्ने घुम्ती शिविरबारे खबर गर्न हिँडेका कटवाल अझै पनि आफ्नो पेशा कायम राखेका छन । तस्वीर: हिमलाल पराजुली, स्याङजा

मौरीपालनबाट बार्षिक रु ५ लाखसम्म आम्दानी गर्दै गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटा । तस्वीर: दिपक श्रेष्ठ, गोरखा

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका कृषक टोपबहादुर खडकाले व्यवसायिक रुपमा उत्पादन गर्नुभएको जापनीज उइन्सु जातको सुन्तला । सुन्तलाको सिजन अगावै सुन्तलाको स्वाद चाखाउन पाउँदा कृषक खडका हर्षित छन । तस्बिर: सुवास गौतम, बागलुङ

कञ्चनपुरको कृष्णपुर नगरपालिका बालुवाफाँटाका किसान अत्याधुनिक कृषि मेसिन कम्बाइन हार्वेष्टरको सहयाताले धान काटदै र चुटदै । प्रधानमन्त्री कृषि आधुनकिकिरण परियोजनाअन्र्तगत रु ३० लाख मूल्य पर्ने मेसिन आरसिटि एग्रोले खरिद गरी सहुलियत दरमा धान काटने र चुटने कार्य गर्दै आएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.