फोटो ग्यालरी

कञ्चनपुरको भीमदत्त नगरपालिका १ भाँसिमा सञ्चालित मेरिट काष्ठ उद्योगले उत्पादन गरेका विजय सालका भाँडा । विजय सालको भाँडामा राखेको पानी खाँदा पेटसम्बन्धी रोग निको हुने विश्वास छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

पोखराको मनिपाल अस्पतालबाट देखिएको हिमालको सुन्दर दृष्य । तस्विर: अनन्त कुमार श्रेष्ठ, पोखरा

तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषक शान्तिमाया गुरुङ बोडी बारीमा । उहाँले बोडी खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । तस्बिर: कृष्ण न्यौपाने, दमौली, तनहुँ

रोटरी क्लब अफ बनेपाको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मगरगाउँमा चङगा महोत्सवमा चङगा उडाउँदै युवाहरु । तस्बिर: पेमा लामा, बनेपा

मगर समुदायको भेषभुषामा सजिएका तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवाका युवायुवती । तस्बिर: कृष्ण न्यौपाने, दमौली, तनहुँ

सुर्खेतको लेकवेशी नगरपालिका ९ स्थित ज्यामिरे जंगलमा छाप्रा बनाउँदै राउटे समुदाय । फिरन्ते राउटेहरु चार दिन अघि यहाँ बसाइँ सरेका हुन । आफना सदस्यको मृत्यु हुँदा यो समुदायमा बसाइँ सर्ने चलन छ । तस्बिर: प्रकाश अधिकारी, सुर्खेत

बडादशैं, तिहार, नेपाल सम्बत् तथा छठको उपलक्ष्यमा राष्ट्रिय ब्यापार संघद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथि कृष्ण गोपाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, करदाता सेवा कार्यालय न्युरोड केन्द्रका प्रमुख ढाकाराम तिवारी तथा संस्थाका कार्यबाहक अध्यक्ष शिबमन्दील श्रेष्ठ । तस्विर: केदार प्रसाद न्यौपाने

नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गको मध्यभाग, मध्यविन्दु स्थान । यहा“बाट पूर्व–मेची र पश्चिम महाकालीको दूरी पाँचसय बाह्र किलोमिटर रहेको छ । यसै स्थानको नामबाट नगरपालिकादेखि धेरै संस्थाहरुको नामकरण गरिएको छ । तस्बिर: दयाराम आचार्य, कावासोती

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको उपलक्ष्यमा प्राकृतिक विज्ञान संग्राहालय स्वयम्भुको अवलोकन गर्नु हुर्दै राष्ट्रपति विद्यादेवी भण्डारी लगायत । तस्विर: प्रदीपराज वन्त

कञ्चनपुरको डोकेबजार नजिक नेपाल–भारत सीमामा नयाँ निर्माण गरिएको जङगे सीमा स्तम्भ । तस्वीर: सिद्धराज भट्ट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.