फोटो ग्यालरी

मुस्ताङको प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ तर्फ जादै विदेशी पर्यटकहरु । तस्वीर: सुवास गौतम

जाजरकोट जुनिचाँदे गाउँपालिकाको सानाखोलामा पुल नहुँदा काठको लापकोमा जोखिमपूर्ण तरिकाले खोला तर्दै जुनिचाँदेबासीहरु । यो खोला तरेपछि मात्र जुनिचाँदे गाउँपालिका जाँन सकिन्छ । तस्वीर: हेमन्त केसी, जाजरकोट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ मल्पीस्थित लज्जावती पार्कमा निर्माण गरिएको शहीद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द्र र सगुन ताम्राकारको अर्धकदको सालिक । तस्वीर: राजकुमार पराजुली

मकवानपुरको पर्यटकीयस्थल कुलेखानी गाउँ । तस्वीर: प्रदीपराज वन्त

जापानको सहयोगमा निर्माण भएको सिन्धुली–बर्दिबास सडकको झागाझुली क्षेत्र । तस्वीर: रत्न श्रेष्ठ

सप्तरीको कोशी व्यारेजमा माछा मार्दै स्थानीय । तस्वीर: रत्न श्रेष्ठ

म्याग्दीको पर्यटकीय टोडकेबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । यहाँ पुग्ने पर्यटकहरुको सुविधाको लागि रु तीन करोडको लागतमा रिसोर्ट निर्माण सुरु भएको छ । तस्वीर: कमल खत्री, बेनी (म्याग्दी)

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा धान काटदै गरेका किसान । तस्वीर: नारायण ढुङगाना

बागलुङको पर्यटकिय स्थल घोडाबाँधेबाट देखिने हिम श्रंखलाहरु बिहानमा खुलेको अवस्थामा । तस्वीर: तारानाथ आचार्य, वलेवा

पर्यटकीय जिल्ला मुस्ताङको प्रसिद्ध स्थान कागवेनी । तस्वीर: सुवास गौतम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.