फोटो ग्यालरी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले तालमा रमाउँदै पर्यटक । तस्बिर: प्रकाश अधिकारी, सुर्खेत

भाईटिकाका लागी चाहिने सप्तरङ्गी टिका बिक्रि गर्दै असनका व्यवसायी । टिका बिक्रिबाट दैनिक पाँच हजार भन्दा बटी मुनाफा हुने यि व्यवसायी बताउँछन । तस्विर: टेकनाथ न्यौपाने ।

तनहुँको देवघाट गाउँपालिका–५ मा देवघाट गाउँ सुधार समितिले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा जातीय नृत्य प्रस्तुत गर्दै युवतीहरु । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

इलामको पर्यटकीयस्थल अन्तुमा सूर्योदयको दृश्यावलोकनका लागि पुगेका पर्यटकको भिड । पर्यटकीय सिजन शुरु भएपछि अन्तुमा दैनिक पाँच सयदेखि चार हजारसम्म पर्यटक पुग्ने गरेको अन्तु पर्यटन विकास केन्द्रको तथ्याङ्क छ । तस्वीर: गंगा पराजुली, पशुपतिनगर

सोमबार हुने पोखरा प्रिमियर लिगको फाइनल क्रिकेट खेल अगाडि ट्रफिका साथमा चितवन राइनोजका कप्तान पारस खडका र पोखरा पल्टनका कप्तान शरद भेषवाकर । तस्वीर: रोशन सापकोटा

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ मधवलियास्थित तिलोत्तमा सहकदम कृषि समूहले गरेको पुष्पखेती । तस्वीरः भरत केसी, बुटवल

विभिन्न जिल्लाबाट चरनका लागि दाङ ल्याइएका मौरी । कात्तिक र मंसिर महिना मह उत्पादनको उत्तम समय हो । तस्वीर: रीता लामा, घोराही (दाङ)

कञ्चनपुरको कृष्णपुर नगरपालीका–६ मा शनिबार आयोजित वटकुही (लोक कथा) वाचन विशेष बञ्जरिया साहित्यिक कार्यक्रममा सहभागी हुन जाँदै थारु युवती । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

मकवानपुर जिल्लामा पर्ने कुलेखानी वजार तथा इन्द्रसरोवरको मनमोहम दृश्य । तस्बिर: प्रदीपराज वन्त

रुकुम पश्चिमको चाँपास्थित तरकारी बीउ उत्पादन केन्द्रमा वीउ उत्पादनका लागि लगाइएको काउली । जिल्ला तरकारीको उन्नत बीउ उत्पादनमा आत्मनिर्भर छ । तस्वीर: मनिष खडका, रुकुम पश्चिम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.