फोटो ग्यालरी

धनुषाको कमला नदी किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भूत मेला लाग्दछ । तान्त्रिक विद्यामा पाको हुने जनविश्वासका साथ भूत मेलामा नयाँ धामीहरु सहभागी हुने गर्दछन । तस्वीर: अजयकुमार साह, धनुषा

सुनसरीको कोसी गाउपालिका–३ पश्चिमकुशाहामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट पाँच वटाको संख्यामा आएको जङगली हात्तीलाई धपाउदै स्थानीयहरु । तस्वीर: अजितकुमार झा, इनरुवा

कर्णाली करिडोरको रुपडिया–हिल्सा नाका जोडने सडक अन्तर्गतमा पर्ने बाजुराको जु खोलामा नेपाली सेनाको सक्रियतामा बेलिब्रिज मोटरेबल पुल निर्माण कार्य सम्पन्न । तस्वीर: गंगराज पण्डित बाजुरा

एक दिनको बास बसेर घट्टमा अन्न पिस्दै तिला गाउँपालिका ३ जुम्लाका स्थानीय महिला । घट्टमा पिसेको अन्न प्राङगारिक मानिन्छ । तस्वीर: शुरबहादुर सिंह, सुर्खेत

रास्कोट नगरपालिका–५ कालिकोटका २८ वर्षीय ललिता बुढाले आइतबार प्रदेश अस्पताल सुर्खेतमा जन्माउनुभएको पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिका । जुम्ल्याहा बालिकालाई एनआईसियुमा राखिएको छ । तस्बिर: शुरबहादुर सिंह, सुर्खेत

पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटका कृषकले तरकारी खेतीमा सिंचाई गर्न प्लाष्टिक पोखरीमा पानी जम्मा गरेर राख्ने गर्छन । तस्वीर ः शुसिला रेग्मी, बेझाड (पाल्पा)

सुर्खेत वीरेन्द्रनगरस्थित बागिना साधना गृहमा सङगीत साधना गर्दै वरिष्ठ मादलवादक प्रेमदेव गिरि र बाँसुरीवादक ज्ञानबहादुर नेपाली । बाजा, गीत र नाचका साधकहरुले यहाँ नियमित साधना गर्ने गर्दछन । तस्वीर: प्रकाश अधिकारी, सुर्खेत

रुकुम पश्चिम र जाजरकोटको सिमानामा पर्ने ठूलीभेरी र सानीभेरी नदीको संगमस्थल रिम्ना दोभान । तस्वीरः अमरराज पुन, मुसिकोट

बागलुङको पञ्चकोटमा निर्माण गरिएको हनुमानको मूर्ति । तस्बिरः तारानाथ आचार्य, बलेवा, (बागलुङ)

बागलुङ जिल्लाको पर्यटकीय स्थल ढोरपाटन उपत्यको सुन्दर दृश्य । हाल नेपाल सरकारले ढोरपाटन क्षेत्रलाई पर्यटकको नयाँ गन्तव्यमा रुपमा विकास गर्न थालेको । तस्वीर: सुवास गौतम, बागलुङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.