
मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि बिहुँ खण्ड सम्मको बाटो कालोपत्रे गर्नका लागि तयार गर्दै कामदार ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसानले खनजोत नगरिकन (जिरो टिलेज) प्रविधिमा आधारितभै गरेको लसुन खेती ।

दाङ घोराही – विद्यालय व्यवस्थापन समिति र स्थानीय युवाहरु देउसी भैलो खेलेर उठेको ४९ हजार चारसय छयालिस रुपैया र कपी, पेन्सिल, झण्डा, दराज लगायतका सामान त्रिशक्ती प्राथमिक बिद्यालय लमहीलाई हस्तान्तरण

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका कृषक खेतमा लगाएको तरकारी– काउली गोडमेल गर्दै । यहाँका स्थानीय कृषकहरु काउली खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन ।

नुवाकोटको ककनीमा अबस्थित पृथ्वीनारायण शाहले विस. १८०१ मा नुवाकोट बिजयी गरेपश्चात काठमाडौँ आवतजावतको लागि बाँसबस्न बनाइएको ऐतिहासिक जीर्ण बनेको बसन्ती दरबार ।




कञ्चनपुरको जोनापुरका किसानले मल्चीङ प्रविधिको प्रयोग गरि व्यावसायिक रुपमा लगाइएको गोलभेडा खेती । तस्विर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
