
कञ्चनपुर, १ चैत : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटामा ४५९ प्रजातिका चराचुरूंगीको बासस्थान हो। तस्बिरः शेरबहादुर सिंह

जाजरकोट, ११ फागुन : जाजरकोटको कुशे गाउँपालिका–५ स्थित दम्दालागाउँ । यो गाउँ सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको छ । तस्बिर : हेमन्त केसी

बागलुङ १७ माघ : बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदीमा रहेको तिरुपति बालाजीको मन्दिर । प्यागोडा शैलीको यो मन्दिर पशुपति मन्दिर पछिको ठूलो भएको दाबीसमेत गरिएको छ । तस्बिर: डम्मर बुढा

सर्लाही, ८ माघ : सर्लाहीको लालबन्दी-६ जनवादी चोकमा स्याउलाको भारी बोकेको यात्रुबाहक बस । तस्बिर : राजेश पाठक


सर्लाही, २९ पुस : माघी पर्व आएसगैं सर्लाही जिल्लाको लालबन्दी बजारमा बेच्न राखिएको तरुल । कतिपयले जंगलमा पाउने वन तरुल पनि खनेर ल्याउने र तरकारी खाने गरेको पाइन्छ । व्यावसायिक

धादिङ, २० मंसिर : धादिङको सेर्तुङबाट देखिएको गणेश हिमाल । तस्बिर : सीताराम अधिकारी

काभ्रे, २० मंसिर : काभ्रेपलाञ्चोकको धुलिखेलस्थित पर्यटकीयस्थल देवीस्थान डाँडाबाट देखिएको धुलिखेल र बनेपा बजार क्षेत्र । तस्बिर : पेमा लामा

