फोटो ग्यालरी

नहरमा पौडी खेल्दै बालबालिका

इनरुवा, २७ जेठ : सुनसरीको इनरुवा–९ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा पौडी खेल्दै स्थानीय बालबालिका । तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तस्बिर: नवीन गड्तौला

भोजाडबाट देखिएको सूर्योदय

नारायणगढ, २७ जेठ : भरतपुर महानगरपालिका-११ स्थित भोजाडबाट शुक्रबार देखिएको सूर्योदयको दृश्य । टन्टलापुर लागेको घामले विगत केही दिनदेखि गर्मीका कारण चितवनलगायत तराइका जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ । तस्बिर:

‘सन्तानेश्वर महादेव’ मन्दिर

ललितपुर, २४ जेठ : ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर । सतीदेवीको माथिल्लो ओठ पतन भएको यो ठाउँमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक किंवदन्ती छ ।

हिमालको फेदिमा चामे बजार

मनाङ, १८ जेठ : लमजुङ हिमालको फेदीमा चामे बजार र पृष्ठभूमिमा खेतमा झुलेको करु । तस्बिर : नवीन लामिछाने

कीर्तिपुरमा रहेको बौद्ध गुम्बा

काठमाडौं, १६ जेठ : कीर्तिपुरमा रहेको बौद्ध गुम्बा । यहाँ बुद्ध धर्मका लामा, बुद्ध धर्म गुरुज्यूहरूले पूजा आराधाना गर्ने गर्दछन् । तस्बिर: विमलबहादुर विष्ट

पेट्रोलबाट चल्ने मेसिनले मकै गोड्दै किसान

परवानीपुर, २९ बैशाख : सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १६ परवानीपुरमा पेट्रोलबाट चल्ने मेसिनको सहायताले मकै गोड्दै आधुनिक किसान राजु खड्का lतस्बिर: राजेश पाठक

लोकल मकै रोप्दै सर्लाहीका किसान

सर्लाही, १९ बैशाख : सर्लाहीको लालबन्दी नगरपालिका १६ का किसान साइकलले डोहोराे लगाउदै बर्खे (लोकल) मकै राप्दै ।तस्बिर : राजेश पाठक

आँप र लिचीका बोट पात नदेखिनेगरी फुले

लालबन्दी, ४ चैत : मधेशका जिल्लामा आँप र लिचीका बोट पात नदेखिनेगरी फुलेका छन् । देशकै सबैभन्दा ठूलो सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागबानी केन्द्रमा पनि यस वर्ष आँप र लिचीका

सिमलको रुखमा बसिरहेको काकाकुल चरा

पर्वत, १ चैत : पर्वतको फलेवास जङ्गलमा सिमलको रुखमा बसिरहेको काकाकुल चरा। तस्बिर: सुमनजङ्ग थापा

शुक्लाफाँटामा मयूर नाच्दै

कञ्चनपुर, १ चैत : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटामा ४५९ प्रजातिका चराचुरूंगीको बासस्थान हो। तस्बिरः शेरबहादुर सिंह

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.