



काठमाडौँ १७ असोज : ललितपुरको गोदावरी नगरपालिका-५ लेलेबाट देखिएको बडिखेल क्षेत्र । तस्वीर: रोशन सापकोटा

बेनी, १२ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मनमोहक छहराखोला झरना । झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको

बनेपा, ३ असोज : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक । करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ ।

तम्घास, २ असोज : गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गामा रहेको यज्ञशाला मन्दिर । प्रायजसो समयमा दर्शनार्थीहरुको भिडभाडा हुने यस मन्दिरमा कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनदेखि सुनसान जस्तै छ

कञ्चनपुर, २ असोज : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० लालबनियका किसान चुडामणी जोशीले मल्चीङ प्रविधिमा आधारित तरकारी खेतीका लागि विरुवा रोप्न तयार गरेको टनेल । मल्चीङ प्रविधिमा गरिएका तरकारी

काठमाडौँ, ३० भदौ : विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्तूप । विसं २०७२ को भूकम्पले क्षति भएको स्वयम्भूनाथ पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । तस्बिर: रोशन सापकोटा

दमौली, ३० भदौ : तनहुँको देवघाट क्षेत्र विकास समितिले कालीगण्डकी नदीबाट सङ्कलन गरी संरक्षण गरेको शालिग्राम । कालीगण्डकी नदीमा पाइने शालिग्राम संरक्षण गरी समितिले सङ्ग्रहालय निर्माण गर्न लागेको छ ।