





लमजुङ, २२ जेठ : निषेधाज्ञा र कोरोना सङ्क्रमणका बीच रोग भन्दा भोगको डरले जोखिम मोलेर लमजुङ बेँसीशहर बजारमा भिक्षा माग्दै आएका एक जोगीलाई शनिबार बिहान दान गर्दै एक महिला ।

रामपुर, २२ जेठ : पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा सूर्यमुखी बालीमा विषादी छर्कँदै कृषक । सूर्यमुखी खेतीमा कीराले आक्रमण गर्न थालेपछि भगाउन विषादी छर्किँदै । तस्वीर :

जाजरकोट, २२ जेठ : छेडागाड नगरपालिका–८ पजारुस्थित गाउँमा रहेका देवल । ऐतिहासिक महत्वका देवल संरक्षणका अभावमा जीर्ण बन्दै गएका छन् । तस्वीर: हेमन्त केसी

स्याङ्जा, १८ जेठ : स्याङ्जाको पुतलीबजार नगरपालिका वाडखाेलामा माछा मार्न जाल हान्दै जलारी । तस्बिर : मिरा मल्ल

काठमाडौं, १५ जेठ : विश्व सम्पदा सूचिमा सूचिकृत पाटन दरबार क्षेत्र । तस्वीर: चन्द्रकला क्षेत्री