निषेधाज्ञामा जोगीलाई दान गर्दै महिला

लमजुङ, २२ जेठ : निषेधाज्ञा र कोरोना सङ्क्रमणका बीच रोग भन्दा भोगको डरले जोखिम मोलेर लमजुङ बेँसीशहर बजारमा भिक्षा माग्दै आएका एक जोगीलाई शनिबार बिहान दान गर्दै एक महिला । घरघरमै माग्दै हिड्ने जोगीको पेशा नै भएपनि यस्तो बेला घरघरमै पुग्ने गर्दा सङ्क्रमण फैलाउने डर हुने गर्दछ । जोगी भने दुई छाक टार्नकै लागि बाध्यताले घरघरमै भिक्षा मागेर हिडिरहेको छ ।

तस्वीर: जनक श्रेष्ठ
