अन्तर्राष्ट्रिय

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

लस एन्जलस, २७ असार : मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो ।

आतङ्ककारी आक्रमणमा ठूलो क्षतिको आशंका 

जलालाबाद, अफगानिस्तान, २७ असार : अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको एक जिल्लामा तालिबानहरुले भीषण आतङ्कककारी आक्रमण गरेको छ । त्यस आक्रमणमा ठूलो क्षतिको आशङ्का गरिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए 

बेरुत, २७ असार : सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् । सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता

क्रिप्टोकरेन्सी मुद्रा होइन : ट्रम्प

वासिङ्टन, २७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताउनुभएको छ । उहाँले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भन्नुभयो

भारतको आसाममा बाढीका कारण तीनको मृत्यु, चार लाख प्रभावित

गुवाहाटी, २६ असार : अत्यधिक वर्षासँगै आएको बाढीका कारण भारतको आसाम राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अरू चार लाख जना बाढीका कारण

बङ्लादेशका पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप

ढाका, २६ असार : बङ्लादेशको भ्रष्टाचारविरुद्ध काम गर्ने कार्यालयले पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लगाएको छ । जबरजस्ती राजीनामा दिन बाध्य पारिएका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिंहलाई पदमुक्त भएको दुई वर्षपछि आरोप लगाइएको हो

दक्षिण अमेरिकामा भ्रष्टाचार मुख्य समस्या : मूडीज

मेक्सिको सिटी, २६ असार : दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ ।

लेबनानबाट सिरियाली शरणार्थी फर्के

बेरुत, २६ असार : लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ-आफ्नो घर फर्केका छन् । लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले

बेलायती तेल ट्याँकरमा आक्रमण गरिएको छैन : इरान

तेहरान, २६ असार : इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने

पाकिस्तानको पञ्जाव प्रान्त सडक दुर्घटना, कम्तीमा १३ व्यक्तिको मृत्यु

इस्लामाबाद, २६ असार : पाकिस्तानको पूर्वी प्रान्त पञ्जावको आताक जिल्लामा बिहीबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । एक खाल्डोमा बस खसेर भएको यस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.