बङ्लादेशका पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप

ढाका, २६ असार : बङ्लादेशको भ्रष्टाचारविरुद्ध काम गर्ने कार्यालयले पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लगाएको छ ।

जबरजस्ती राजीनामा दिन बाध्य पारिएका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिंहलाई पदमुक्त भएको दुई वर्षपछि आरोप लगाइएको हो ।

भ्रष्टाचार निवारण आयोगले बुधबार सिंहका विरुद्धमा अभियोगपत्र दर्ता गराएको हो । अभियोगपत्र उहाँ बाहेक अरू दश जनाका विरुद्धमा पनि दर्ता गरिएको हो ।

अभियोग लाग्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी लगायत रहेका छन् । उनीहरूलाई सम्पत्ति सुद्धीकरण र शक्तिको दुरूपयो गरेको आरोप लगाइएको छ ।

बङ्लादेशको इतिहासमा पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लागेको यो पहिलो घटना भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.