चीन र भियतनामले बेइबु खाडीमा १० करोड माछा छाडे
नानिङ, २४ बैशाख : चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन् ।
दुई देशले संयुक्त रूपम बेइबु खाडीमा माछापालनका स्रोतहरू पुनर्स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको सीमावर्ती सहर फाङ्चेनगंमा भएको थियो ।
नानिङ । चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन् ।
यस वर्षको कार्यक्रमअन्तर्गत ब्ल्याक सी ब्रीम, येलोफिन सी ब्रीम र झींगा माछालगायत आठ प्रजातिका जलीय जीवहरूलाई बेइबु खाडीको पानीमा छाडिएको थियो ।
चीन–भियतनाम माछापालन सहयोगको लामो इतिहास रहेको र यस्तै अन्य क्षेत्रमा दुई देशबीचको सकारात्मक अन्तरक्रिया र सहयोगले दुवै पक्षका जनतालाई ठोस लाभ दिएको पनि कृषि तथा ग्रामीण मामिलाका उपमन्त्री मा यु छ्याङले बताएका छन् ।
सन् २०१७ देखि चीन र भियतनामले बेइबु खाडीमा पाँचवटा समान कार्यक्रमहरू सञ्चालन गरेका छन् जसमा चीनद्वारा २२६ मिलियन भन्दा बढी माछा र झिंगाहरू संरक्षण गरिएको छ ।