इजरायल–प्यालेस्टिन  युद्धमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

काठमाडौं, २३ असोज : इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ । 

इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । 

इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएका समाचारमा उल्लेख छ । 

शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.