आतङ्ककारी आक्रमणमा ठूलो क्षतिको आशंका 

जलालाबाद, अफगानिस्तान, २७ असार : अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको एक जिल्लामा तालिबानहरुले भीषण आतङ्कककारी आक्रमण गरेको छ ।

त्यस आक्रमणमा ठूलो क्षतिको आशङ्का गरिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानमा अवस्थित उक्त प्रान्तको पाचिर आगम जिल्लामा सो आक्रमण भएको बताइएको छ ।

उक्त जिल्लामा बस्ने अफगानिस्तानका सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आतङ्ककारी आक्रमण भएको अफगानिस्तानको एकजना स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

सो आक्रमणको पुष्टि भएको भए पनि त्यसबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन । शुक्रबार बिहान उनको घरमा नै हमला गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सरकारसमर्थित लडाकू समूहका एकजना कमाण्डर मालिक टुरको घरमा हमला भएको र त्यसबाट ठूलो क्षतिको अनुमान गरिएको बताए ।

प्रहरीले अनुसन्धान शुरु गरेको र त्यसबाट भएको क्षतिको बारेमा अहिले नै केही थाहा नभएको पनि उनले स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.