अन्तर्राष्ट्रिय

राजकुमारी बेट्रिसले इटालियन व्यवसायीसँग विहे तय 

लण्डन, ९ असोज : बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उहाँको विहे सुनिश्चित गरिएको दरबारद्वारा जारी

कार्बन उत्सर्जन कम गर्न ४२ हजार पुराना सवारी साधन हटाइने

तियानजीन, ९ असोज : वातावरणप्रति सम्वेदनशील बन्दै चीनको एउटा नगरपालिकाबाट ४२ हजार पुराना सवारी साधन हटाउने निर्णय गरिएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने तियानजीन नगरपालिकामा गत जनवरीदेखि गत अगस्टसम्ममा

श्रीलङ्काका प्रधानमन्त्रीले राष्ट्रपतिका लागि प्रतिस्पर्धा नगर्ने

कोलम्बो, ९ असोज : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राष्ट्रपतीय निर्वाचनमा भाग नलिनुहुने भएको छ । आउँदो नोभेम्बरमा हुने निर्वाचनका लागि आफूले उम्मेदवारी नदिने सङ्केत उहाँले बिहीबार गर्नुभएको हो । उहाँको

भूकम्पका कारण इन्डोनेसियामा २० को मृत्यु, सयौँ घाइते र विस्थापित

आम्बोन सिटी, इन्डोनेसिया, ९ असोज : इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सो भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन्

फान्सका पूर्व राष्ट्रपति सिराकको निधन 

पेरिस, ९ असोज : फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको बिहीबार निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ ८६ बर्षको हुनुहुन्थ्यो । सिराक फ्रान्सको राजनीतिमा करिब तीन दशक निकै

सवै विकल्प भएको साउदी अरबको दाबी

रियाद, ९ असोज : केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले

पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

मिरपुर, ९ असोज : पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका

एयरबस कम्पनीमाथि साइबर आक्रमण  

पेरिस, ९ असोज : युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा

यमनमा मारिएका परिवारका सदस्य शोकमा 

दुबई , ९ असोज : दक्षिणी यमनको क्वाताबाहमा मङ्गलबार मारिएका परिवारका सदस्यहरुले आज शोक मनाइरहेका छन् । उक्त क्षेत्रमा बसोबास गर्ने अल हालिमी परिवारको एकै घरका १५ जनाको ज्यान गएको

चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति 

न्यूयोर्क, ९ असोज : चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताउनुभएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.