नेपाल र भारतका दुई विश्वविद्यालयबीच सहकार्यको सम्झौता

बुटवल, २८ कात्तिक (रासस) : लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय, मेरठबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता भएको छ ।

स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयका उपकुलपति एन के अहुजा र लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यवाहक उपकुलपति र रजिष्ट्रार तीलक आचार्यले सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभएको हो ।

कार्यवाहक उपकुलपति आचार्यले विश्वका थुप्रै विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको र स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयसँग भएको सम्झौताले लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक वातावरणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयसँगको सम्झौताले आफूहरु मात्र नभएर नेपालको बौद्ध अध्ययन शिक्षालाई पनि गुणस्तरीय बनाउने अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.