काठमाण्डौ शिक्षालयले सम्पन्न गर्यो खेलकुद सप्ताह
काठमाण्डौ शिक्षालयले चालु शैक्षिक सत्रको साताव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
२०८० पौष २४ गते देखि सञ्चालन भएर सम्पन्न उक्तखेलकुद सप्ताहमा सो क्षेत्रका बिद्यालय निरीक्षक श्री मोतीप्रसाद भट्टराईद्वारा उत्कृष्ट खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त खेलकुद सप्ताह मा फुटबल, बास्केटबल, ब्याडमिन्टन, एथलेटिक्स, बुद्धिचाललगायत बिभिन्न २२ विधा भन्दा बढी इनडोर तथा आउटडोर खेलहरु समाबेश गरिएको थियो ।
मन्टेश्वरी देखी ८ कक्षा सम्म सन्चालन भैरहेको काठमाण्डौ शिक्षालयका सम्पूर्ण छात्र-छात्रा हरुले उत्साहपूर्वक सबै खेलहरुमा सहभागिता जनाए । समापन समारोहमा विधालयमा निरक्षक भट्टराईले बालबालिकाहरुको चौतर्फी क्षमता अभिवृद्धिमा काठमाण्डौ शिक्षालयले लिएको अग्रसरता र खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आगामी दिनहरुमा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।
सात दिन सम्म चलेको खेलकुद सप्ताह को समापन कार्यक्रममा विद्यालयका व्यबस्थापन तथा शिक्षक श्री हरिप्रसाद खनालले आफ्ना बालबालिकाहरुको अतिरिक्त क्रियाकलाप र चौतर्फी क्षमता बिकासमा विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्ध जाहेर जनाए भने बिद्यालयमा अध्यक्ष श्री प्रकाश राज पाण्डेले आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सम्पन्न गर्ने तथा बिभिन्न निकायसँगको समन्वयमा राम्रा खेलाडीहरुको क्षमता प्रष्फुटन गर्ने बताए ।