अन्तर्राष्ट्रिय

पहिरोमा परी २४ चिनियाँको मृत्यु, २७ वेपत्ता 

कुइयाङ, चीन,१० साउन : चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् ।

इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा

नयाँ दिल्ली, १० साउन : इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार

निस्सानसँगको विवादका कारण रेनल्टको कारोबारमा कमी 

पेरिस, फ्रान्स, १० साउन : फ्रान्सको प्रसिद्ध कार कम्पनी रेनल्टको कारोबारमा सन् २०१९ को पहिलो छ महिनामा अत्यधिक गिरावट आएको उक्त सवारीसाधन निर्माण कम्पनीले जनाएको छ । रेनल्टले आफ्नो कारोबारमा

पर्थ सम्मेलनः चीन र अष्ट्रलियाका नेताहरूबीच व्यापारको भविष्यबारे छलफल 

सिड्नी, १० साउन : अष्ट्रेलिया र चीनका उदाउँदा करिब ८० नेताहरूबीच अष्ट्रेलियाको पश्चिमी शहर पर्थमा व्यापार तथा लगानीको भविष्यका सम्बन्धमा छलफल भइरहेको छ । बुधबार शुरू भएको सम्मेलन शनिबार सम्पन्न

फेडएक्सको दावी गलत : चीन

बेइजिङ, चीन, १० साउन : संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ ।

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’ 

सियोल, १० साउन : उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य

गठबन्धन टुटेपछि स्पेनी प्रधानमन्त्रीको गुम्यो विश्वासको मत

म्याड्रिड, स्पेन, ९ साउन : स्पेनका कामचलाउ प्रधानमन्त्री पेद्रो साञ्चेजले संसदमा बिहीबार पनि विश्वासको मत गुमाउनु भएको छ । गठबन्धनमा रहेको पार्टीसँगको सहकार्य तोडिएपछि उहाँले बिहीबार बहुमत गुमाउनु भएको समाचारमा

जोनसन र यङ्करबीच फोनवार्ता हुने

ब्रसेल्स, ९ साउन : बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसनले यूरोपेली संघ (इयू) बाट बेलायत बाहिरिने सम्बन्धमा यस पहिले भएका सम्झौता र बेलायतको आगामी कदमका बारेमा छलफल हुने भएको छ ।

ट्युनिसियामा सभामुखलाई अन्तरिम राष्ट्रपति बनाइने

ट्युनिस, ट्युनिसिया, ९ साउन : ट्युनिसियाको सरकारले राष्ट्रपति बेजी काइद एसेब्सीको निधनमा सात दिनसम्म शोक मनाउने घोषणा गरेको छ । वयानब्बे बर्षीय राष्ट्रपति एसेब्सीको बिहीबार उपचारका क्रममा निधन भएको हो

तालिवान कमाण्डरसहित ५० लडाकू मारिए

क्वाला—ए—नावा, अफगानिस्तान, ९ साउन : अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ । तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.