त्रिवि ४४औँ दीक्षान्त पुसमा, आवेदक १० हजार

काठमाडौँ, १८ कात्तिक : त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

अनलाइन फाराम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको संख्या बढेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्मलाई म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिनुभयो ।

यस वर्ष ७३ हजार ९०१ विद्यार्थी दीक्षान्तयोग्य छन् । स्नातकका ५४ हजार ७९४ र स्नातकोत्तरका १८ हजार ८७९ विद्यार्थी छन् । त्यस्तै एमफिलतर्फ १५६ र पिएचडीका ७२ हजार विद्यार्थी समारोहमा सहभागी हुने त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.