पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी युनाइटेड वल्ड सेन्टरमा शुरु

काठमाडौँको वल्र्ड ट्रेड सेन्टरमा पाकिस्तानी राजदूतावासद्वारा बुधबारदेखि सञ्चालित सात दिने ९औँ पाकिस्तानी हस्तकला सामग्रीको प्रर्दशनी उदघाटन गर्दै नेपाल पाकिस्तान फ्रेण्डसिप अर्गनाइजेसनका अध्यक्ष हिमालय शंम्सेर जवरा । साथमा नेपालका लागि पाकीस्तानका राजदूत मजहर जावेदलगायत । तस्वीर: प्रदीपराज वन्त

काठमाडौँ, १७ असोज : पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ ।

विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन ।

पाकिस्तानी राजदूतावासद्वारा बुधबारदेखि सञ्चालित सात दिने नवौँ पाकिस्तानी हस्तकला सामग्री प्रर्दशनीको उदघाटनपछि बोल्दै नेपालका लागि पाकीस्तानका राजदूत मजहर जावेद ।

पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरेको उक्त प्रदर्शनीको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री सङ्गठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत जावेदले भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको बताउनुभयो । अध्यक्ष राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा प्रगाढ बनेको चर्चा गर्दै यसलाई यस्ता व्यापार मेलाले अझ मजबुत बनाउने बताउनुभयो ।

नवौँ पाकिस्तानी हस्तकला सामग्री प्रर्दशनीको अवलोकन गर्दै सर्वसाधारण ।

मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा बिक्री हुने वाणिज्य सङ्घका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले बताउनुभयो । मेला यही असोज २३ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.