कर्णालीको समग्र विकासका लागि विज्ञ र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री डा. दिलनाथ दंगाल

वीरेन्द्रनगर सुर्खेत, माघ २३ : कर्णालीको प्रदेशको समग्र आर्थिक विकासका लागि शिक्षामा लगानी विषयक अन्र्तक्रिया कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको छ ।

आईतवार सूर्खेत बहुमुखी क्याम्पसको हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्न, बेरोजगारी तथा गरिबी समस्या समाधान गर्न, पर्यटन उद्योगको विकास र विस्तार गर्न, मानव विकास सूचांकमा सुधार गर्न, विकासका पूर्वाधारहरु विकास र विस्तार गर्न शिक्षाको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।

सूर्खेत बहुमुखी क्याम्पस र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेशको तथ्यांकलाई राष्ट्रिय तथ्यांकसँग जोड्नु पर्ने, पर्यटन विकास कसरी गर्ने ठोस विधी अपनाएर प्रदेशको विकास गर्नु पर्ने, जुम्लाका स्याउ र दैलेखको सुन्तला स्टोरेज गर्ने ठाउँको अभाव भएको र स्याउ र सुन्तला फल्ने खेत बाँझै रहेकाले उक्त विषयमा चाँडो काम गर्नु पर्ने, दुईखाले शिक्षा प्रणालीको फरकलाई कम गर्नुपर्ने, प्रदेशले उत्पादनमा जोड दिनु पर्ने, भागबन्डाका आधारमा क्याम्पस प्रमुखको नियुक्ति हुने गरेको हुनाले विश्वविद्यालय सुुधारमा समस्या आएको कुरा ब्यक्त गर्नु भयो ।

त्यसैगरी कर्णाली प्रदेशको स्थलगत भ्रमण गरी तयार पारेको आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री डा. दिलनाथ दंगालले कर्णाली भन्ने वित्तिकै नेपालको पुरानो सभ्यता भन्ने बुझिन्छ । यो सभ्यता कर्णाली नदीसंग जोडीएको छ भने कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसंग जोडीएको छ । यो प्रदेशकोे समृद्धिमा जल, जमिन, जडीबुडी, जलस्रोत, जनशक्ति, पर्यटन, भेषभूषा, भाषा संस्कृति जोडिएको छ भन्ने कुरा आफ्नो कार्यपत्र मार्फत ब्यक्त गर्नु भयो । साथै प्रदेशको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व, उर्जाशिल जनशक्ति, कुशल प्रशासक, सशक्त, इमान्दार र अर्गानीक नागरिक समाजको आवश्कता देखिन्छ । यो प्रदेशको स्थलगत भ्रमण गर्दा यहाँका अधिकांश जनताहरु निराशामा बाँचेका देखिन्छन् तर अब चुपलागेर वस्नेवाल भने छैनन् । नेत्रित्वले जति सक्दो चाँडो यिनिहरुको जिवनमा आशाको दियो जलाउनु पर्छ ।

यसका लागि यहाँ रहेका मुगु कर्णाली, हुम्ला कर्णाली, भेरी तथा तीला नदीहरुबाट अत्यधीक मात्रामा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाईनमा जोड्न सके विदेश निर्यात गरी प्रसस्त बिदेशी मुद्रा आर्जन गर्न सकिन्छ । जसले गर्दा व्यापारघाटा घटाउन मद्दत गर्दछ । खाली रहेका पहाडका डाँडाहरूमा जडीबुटीहरुका विरुवाहरु रोपी यसको उत्पादन बढाउन सकिन्छ । साहसिक पर्यटहरुकालागि यो प्रदेश वरदान हुन सक्छ । एक जना विदेशी पर्यटक आउदा यो भेगका नौं जना र स्वदेशी पर्यटकहरु आउदा ६ जनाले रोजगारी पाउने सम्भावना देखिन्छ । त्यसकारण पनि यहाँको भौगोलिक विविधतालाई अवसरका रूपमा उपयोग गर्नु पर्छ । तसर्थ यो प्रदेशमा रहेकोे प्रचुर सम्भावनालाई यसैमा सीमित नराखी यसलाई विकासको अवसरको रुपमा लिनु पर्छ । यो प्रदेशमा यी सबै खाले विकासका लागि शिक्षाका माध्ययमबाट उच्च स्तरको जनशक्ति तयार पारी सरकारी र नीजि क्षेत्र दुवै हातेमालो गर्दै अगाडी बढ्न सके चाडै यो प्रदेश समृद्धि पथमा अघी बढ्ने छ भन्ने कुरा ब्यक्त गर्नु भयो ।

कार्यक्रमा प्रदेश सरकारका अन्य मन्त्री र सांसदहरु, प्राध्यापक, कर्मचारी नगरपालिकाका प्रतिनीधिीहरु, विभिन्नसंघ संस्थाका प्रतिनिधीहरु, विद्यार्थीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो भने त्रिवि सेडाका कार्यकारी निर्देशक प्रा.डा. अर्जुन कुमार बरालले कार्यपत्रमाथी टिप्पणी गर्नु भएको थियो । साथै कार्यक्रममा सहभागीहरुले कार्यपत्र माथी छलफल पनि गरेको थियो ।

कार्यक्रमको सभापतित्व गर्नु भएका सूर्खेत बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री माधव खनालले यो स्तरको कार्यक्रम प्रदेशमा पहिलो पटक भएको र यो कार्यक्रमले कर्णाली प्रदेशको समग्र विकासमा कोशेढुङेगो सावित हुने कुरा बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.