प्राधिकरण–आँखु खोलाबीच विद्युत् खरीद सम्झौता

काठमाडौँ, १६ असोज : नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले आज हस्ताक्षर गर्नुभयो ।

आयोजनाको कूल क्षमता ३८ मेगावाट रहेको छ भने लागत रु करीब आठ अर्ब रहेको छ । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र बर्खामा चार रुपैयाँ ४० पैसामा विद्युत् खरीद गरिनेछ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

राजधानीको नजीक र पहुँचमार्गसमेत निर्माण भइसकेको उक्त आयोजनालाई आकर्षक आयोजनाका रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.