फर्नेक्स एक्स्पो शुरु

काठमाडौँ, ४ असोज : नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा आजदेखि छैटौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ शुरु भएको छ ।

पाँच दिनसम्म एक्स्पोमा १०० भन्दा बढी कक्षमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचर प्रदर्शनीमा राखिएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षणका रुपमा रहनेछन् ।

यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि प्रदर्शनीमा राखिएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना शुरु भएको एक्स्पोको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.