तीजका अवसरमा हस्तकला सामग्रीको प्रदर्शनी

काठमाडौँ, २३ भदौ : हरितालिका तीजका अवसरमा राजधानीको जमलमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला सामग्री तथा परिकारको प्रदर्शनी मेला आयोजना गरिएको छ ।

नेपाल वुमन च्याम्बरले आयोजना गरेको मेलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाथा थापाले उद्घाट्न गर्नुभयो । प्रदर्शनीमा नेपाली खाडी, अल्लो र ढाकाबाट उत्पादित कपडा, बाँस तथा निगालोबाट निर्मित हस्तकलाका सामग्री, शृङ्गार सामग्री, ज्वेलरी र नेवारी खानाका विभिन्न परिकारका स्टल राखिएका छन् ।

दुई दिनसम्म रहने प्रदर्शनीमा जौ र फापरबाट उत्पादित खानेकुरा, अर्गानिक चिया, टिमुर र खुर्सानीका अचारसमेत राखिएका छन् । सबै सामग्री र खानाका परिकार महिला उद्यमीबाट सञ्चालित उद्योगका उत्पादन भएको वुमन च्याम्बरकी कार्यकारी समिति सदस्य तथा व्यापार समिति संयोजक लीमा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली प्रविधि, सीप र सामग्रीबाट उत्पादित ती सामानहरु अन्तर्राष्ट्रिय गुणस्तरका छन् । शहरबजारमा एक महिनादेखि नै दरखाने भड्किलो र खर्चिलो तीज मनाउने परम्परा बढ्दै गएका बेला महिला उद्यमीको अगुवाइमा रचनात्मक प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.