ठगी गरेको आरोप व्यवसायी रुप ज्योति पक्राउ

काठमाडौँ, २१ कात्तिक : ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको जानकारी दिनुभयो । उहाँलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उहाँमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.