हचुवाको भरमा कर नलगाउन उपाध्यक्ष कँडेलको सुझाव

काठमाडौँ, २२ भदौ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गर्नुुभएको छ ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह गर्नुभएको हो ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठूला राष्ट्रिय गौरवका आयोजनाको पनि निरीक्षण गर्नुभएको छ । सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्ग तथा विभिन्न पुलको निरीक्षण गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मध्यपहाडी लोकमार्गको हेटौँडा–चतराखण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.