गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही 

काठमाडौँ, २२ साउन : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी, चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेकोे हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल गुणस्तरअनुरुप नरहेकाले कारवाही गरेको जानकारी दिनुभयो । कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.