ढुवानी सेवामा भ्याट लाग्ने

काठमाडौँ, ३१ असार : आर्थिक विधेयक, २०७६ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्थानुसार ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने प्रावधान सरकारले कार्यान्वयन गर्ने भएको छ ।

ढुवानी व्यवसायीका तर्फबाट पेश भएका माग तथा सुझावका सम्बन्धमा छलफल भएबमोजिम भ्याट कार्यान्वयनका निम्ति आन्तरिक राजश्व विभागका उपमहानिर्देशकको संयोजकत्वमा कार्यविधि तर्जुमा कार्यदल गठन गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

ढुवानी सेवाको भ्याटसम्बन्धी कार्यविधि तर्जुमा कार्यदलमा आन्तरिक राजश्व विभाग, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ र ढुवानी व्यवसायी महासङ्घ नेपालका प्रतिनिधि रहने उक्त मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.