नेपाल अडिटर्स एशोसिएसनमा पुनः रेग्मी, १८ बुँदे विशेष प्रस्ताव पारित

टेकनाथ न्यौपाने । काठमाडौँ, १९ जेठ : नेपाल अडिटर्स एशोसिएसन (अडान) को काठमाडौँमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले मोहनराज रेग्मीलाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको छ ।

महाधिवेशनले अडानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु समेत निर्विरोध निर्वाचित गरेको छ । जस अनुसार केदारनाथ पौडेल बरिष्ठ उपाध्यक्ष, बद्रिप्रसाद भट्टराई प्रथम उपाध्यक्ष, उपाध्यक्षहरुमा डोल प्रसाद दाहाल (उपत्यका), पोषराज नेपाल (प्रदेश नं १), प्रदिप कुमार यादव (प्रदेश नं २), रामजी प्रसाद अधिकारी (प्रदेश नं ३), चन्द्रवहादुर थापा (गण्डकी प्रदेश), अब्दुल करी खाँ (प्रदेश नं ५), हिमालय खत्री (कर्णाली प्रदेश) र बहादुर सिंह विष्ट (सूदुरपश्चिम प्रदेश) रहेका छन ।

त्यस्तै महासचिवमा झलकमणि लम्साल , उपमहासचिवमा भोला नाथ पाठक, भरत कुमार श्रेष्ठ र गणेशराज राई सचिवमा हरि बहादुर कार्की, साबित्री शर्मा, गणेश गिरी, शंकर ज्ञवाली, प्रेम बहादुर श्रेष्ठ, बिल बहादुर भुजेल, जया कुमारी झा र राजेन्द्र प्रसाद ढुङ्गाना तथा कोषाध्यक्षमा बलराम चौधरी, सहकोषाध्यक्षमा राम गोपाल महर्जन रहेका छन ।

त्यसैगरी खुल्ला सदस्यमा मधुसुदन भट्टराई, प्रेम कुमार बराल, लिला भट्टराई, भुपेन्द्र कृष्ण श्रेष्ठ, सूर्य नारायण झा, कृष्ण बहादुर थापा, चन्द्र भक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

निर्विरोध निर्वाचित हुने महिला सदस्यहरुमा अमिरा लक्ष्मी तुलाधर, दुर्गा देवी भट्टराई, तारा श्रेष्ठ , डा.जानकी कुमारी तुलाधर, टिना सुवेदी मैनाली, अनिता कुमारी श्रेष्ठ, माया वादे श्रेष्ठ ,कल्पना इटानी रहेका छन ।

उपत्यका सदस्यहरुमा तिलक बहादुर अधिकारी, शिवजी पाण्डे, केशव राज आचार्य ध्रुब निरौला मधेशी सदस्य तर्फ दिनानाथ रौनियार, उग्रकान्त झा, मोहम्मद जुवेर राई जनजाती सदस्य तर्फ विनोद चंखु र त्रिलोचन प्रसाद जोशी, दलित सदस्य तर्फ प्रेम कुमार विश्वकर्मा रहेका छन ।

प्रदेश सदस्यमा प्रदेश नं. १ बाट राजन प्रसाद ढकाल र शान्तिराम खनाल प्रदेश नं. २ बाट मेघराज पौडेल, सिशिर चन्द्र गौतम र उमेश मिश्र प्रदेश नं. ३ बाट प्रकाश ढकाल, पुष्पराज लोहनी गण्डकी प्रदेशबाट विष्णु प्रसाद सापकोटा, चन्द्र वहादुर सुवेदी प्रदेश नं. ५ बाट चन्द्रकान्त भट्टराई, रमेश केसी, गोकर्ण प्रसाद आचार्य, कर्णली प्रदेशबाट योगमाया धमला र वलराम रेग्मी तथासूदुर पश्चिम प्रदेशबाट पदम राज शर्मा र मदन राज ओझा रहेका छन ।

अडानको काठमाडौँमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशन माननीय अर्थमन्त्री डा युवराज खतिवडाज्यूको प्रमुख आतिथ्यतामा महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगाल तथा लेखा क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको विशेष आतिथ्यता र मुलुकभरका करीव पाँच सय पचास भन्दा बढी लेखापरीक्षक प्रतिनिधिहरुको सक्रिय सहभागिता समुद्घाटन जेठ १७ गते भएको थियो ।

महाधिवेशनले निम्न बिशेष प्रस्तावहरु समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

१. स्वदेशी लगानीलाई प्रर्वद्धन र संरक्षण गदैं विदेशी लगानीसमेत भित्राई मुलुकको विकास गर्न अब ढिलो गर्नु हुदैन । करीब ४० लाखको हाराहारीमा बिदेश पलायन भएका युवाहरुलाई स्वदेशमा रोजगारी श्रृजना गर्ने गरि आर्थिक बिकासका कृयाकलाप गर्न यो महाधिवेशन हार्दिक अपिल गर्दछ ।

२. स्थापनाको करीव १३ वर्षको अवधिमा यस एशोसिएसनले राष्ट्रिय तहमा प्रभावकारी भूमिका निर्वाह गरेको छ र उपत्यकासमेत गरि ८ वटा प्रदेश समिति प्रदेश अधिवेशन र ६८ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । दर्तावाला लेखापरीक्षकहरुको एक मात्र छाता संस्था नेपाल अडिटर्स एशोसिएसनको यो पाँचौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय समिति , प्रदेश समितिहरु र जिल्ला समितिहरुको निर्वाचनमा निरबिरोध निर्वाचन गर्न योगदान पुर्याउनु हुने देशभर रहेका, सबै समितिहरु र नेतृत्वमा रहेका सबै पदाधिकारीहरु एवं सम्पुर्ण लेखापरीक्षकहरुमा यो महाअधिवेशन हार्दिक आभार प्रकट गर्दछ । आउने दिनहरुमा सबैको यस्तै सहयोगको अपेक्षा राख्दै अझ एकाताबद्ध भई आगाडि बढ्न सबैमा अपिल गर्दछ ।

३. नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आउदो २०७६ श्रावणबाट n\FRS for SMEs लागु गर्न गइरेहेको छ । संस्थाले जारी गरिएका लेखामान अनुसार वित्तिय विवरणहरु तयार गर्ने काम ब्यावसायिक प्रतिष्ठानहरुको हो । लेखापरीक्षकहरुले n\FRS for SMEs र अन्य लेखामान बमोजिम वित्तीय विवरणहरु तयार गरे नगरेको परीक्षण गर्नु पर्ने हुन्छ । त्यसैले ब्यावसायिक प्रतिष्ठानहरुलाई n\FRS for SMEs र नेपाल लेखामान अनुसार लेखा राख्ने परिपाटीको बिकासका लागि यो महाधिवेशन अपिल गर्दछ ।

४. नेपालको संबिधान २०७२ को धारा १८ (१) मा समानताका हकको ब्यवस्था गरिएको छ जसमा सबै नागरिक कानुनका दृष्टिमा समान हने छन । कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनिएको छ तर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्तावाला लेखापरीक्षकहरुलाई बिभेद गरिएको छ, सबै सदस्यहरुले सबै लेखापरीक्षणमान तथा आवस्यकता अनुसारका कानुनहरुको परिपालना गनुपर्ने हुन्छ यदि लेखापरीक्षणमान तथा कानुनहरुको परिपालना नगरि लेखापरीक्षण प्रतिवेदन जारी गरेमा तेस्ता सदस्यहरुलाई कारबाहि गर्ने ब्यवस्था कानुनमा गरिएको छ ।सबै बर्ग समुदायको बलिदानी संघर्षबाट निर्माण गरिएको संबिधानको भावना

बिपरित रहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्तावाला लेखापरीक्षकहरुलाई लादिएका बिभेदकारी ब्यवस्थाहरु खारेज गरि सबै सदस्यहरुलाई समान अधिकार राज्यले प्रदान गर्नु पर्दछ । योग्ता र क्षमताको आधारमा सबै दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्ने अधिकार स्थापित गर्नका लागि बिद्यमान बिभेदकारी सबै ब्यवस्था हटाउन यो महाधिवेशन जोडदार माग गर्दछ ।

५. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ को दफा ११ (द) “दर्तावाला लेखापरीक्षकहरुको ब्यावसायिक दक्षता अभिबृद्धि गर्न आवस्यक तालिम गोष्ठी र सेमिनार सञ्चालन गर्ने ” भनिएको छ ऐनमा भएको उक्त ब्यवस्था अनुसार दर्तावाला लेखापरीक्षकहरुको ब्यावसायिक दक्षता अभिबृद्धि गर्न तत्काल बिशेष प्रभावकारी कार्यक्रम ल्याउन यो महाधिवेशन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष जोडदार माग गर्दछ ।

६. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन २०३१ वमोजिम पाइ आएका सुविधावाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भए तापनि सो ऐन विरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानूनको सामान्य सिद्धान्त विपरित भएकोले त्यस्ता प्रावधान तत्काल खारेज गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था लगायत सवद्ध निकायहरुसंग यो महाधिवेशन जोडदार माग गर्दछ ।

७. पछिल्लो समय जारी भएको सहकारी ऐन २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले अन्य सहकारीहरुमा समेत लेखापरीक्षण गर्न नपाउने भनी ल्याएको व्यबस्थाले आगामी दिनमा सहकारीहरुको लेखापरीक्षण हुन कठिन हुने निश्चित छ साथै यसले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउन व्यक्तिगत नैसर्गिक अधिकार कुण्ठित हुने भएकाले सो व्यवस्था तत्काल खारेज गर्न यो बैठक जोडदार माग गर्दछ ।

८. धितोपत्र बोर्डको नियमावली २०६४,वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०६४, क्रेडिट रेटिङ्ग नियमवली २०६८ , सामुहिक लगानी कोष नियमावली २०६७ र धितोपत्रको केन्द्रिय निक्षेप सेवा नियमावली २०६७, को लेखापरीक्षण चार्टर्ड एकाउन्टेण्टबाट हुने गरी दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्नवाट वञ्चित गराईएको छ । चार्टर्ड एकाउन्टेण्टस् नियमावलीमा संस्था आफैले जारी गरेको लेखापरीक्षकहरुको बर्ग अनुसार लेखापरीक्षण गर्न पाउने गरि बिभेदकारी नै भए पनि सीमा तोकिएको अबस्थामा यसप्रकारको व्यबस्थाले आईक्यानका एकै सदस्यहरु बीच पक्षपातपुर्ण व्यबहारलाई सच्याउन यो महाधिवेशन माग गर्दछ ।

९. गैर लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनधिकृत रुपमा काम गरिरहेको अवस्थालाई मनन गर्दै त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न मांग गर्दछौ । सम्पुर्ण उद्योग, कल कारखाना, ब्यावसायिक संघ, संस्था , नेपाल उद्योग बाणिज्य, सो माताहत रहेका सबै ब्यावसायिहरुलाई लेखापरीक्षण गर्ने सन्दर्भमा लेखापरीक्षकको पहिचान गरेर मात्र लेखापरीक्षण गराउन यो अधिवेशन अपिल गर्दछ साथै सबै लेखापरीक्षकहरुलाई लेखापरीक्षणको गरीमा र मर्यादालाई कायम राख्न यो महाअधिवेशन आग्रह गर्दछ ।

१०. सहकारी, शिक्षा ऐन तथा नियमावलीहरु लगायत अन्य ऐन कानूनहरुमा लेखापरीक्षकको मर्यादा, निष्पक्षता र अधिकारलाई आंच पुर्याउने गरी प्रस्तुत प्रावधानहरु खारेज गर्न यो महाअधिवेशन जोडदार मांग गर्दछ ।

११. मुलुकभरका तमाम लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्दा नेपाल लेखामरीक्षणमान बोर्डले जारी गरेका लेखापरीक्षणका विभिन्न मानहरु , नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले लागु गरेका आचारसंहिता र नेपाल सरकार र सरकार मातहतका निकायहरुले जारी गरेका निर्देशन समेतको अध्ययन गरि आफ्नो मन्तब्य ९यउभलष्यल०) प्रकट गर्न यो महाअधिवेशन निर्देश गर्दछ ।

१४. लेखापरीक्षण गर्नुपर्ने निकायको सख्या दिन प्रतिदिन बढिरहेको छ । आगामी २०७६ साल श्रावण १ गते बाट लागु हुनगइरहेको “एक ब्यक्ति एक पेशा” नितिको कारण धेरै संस्थाहरुको लेखापरीक्षण नहुने अवस्था छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था लगायत अन्य सम्बद्ध निकायहरुलाई देशको वास्तविक धरतलको बिश्लेशण र मुल्याङ्कन गरि देशमा लेखापरीक्षण नै नहुने अवस्था हुन नदिन “एक ब्यक्ति एक पेशा” निति २०८० साल सम्म पर सार्न सबैमा यो महाअधिवेशन हार्दिक अपिल गर्न चाहन्छ ।

१५ लेखापरीक्षण रकम सीमा विहीन गर्न, सरल विधि मार्फत वर्गवृद्धि गर्न, क्षमतावान आर.ए.हरुलाई चार्टर्ड एकाउन्टेन्सी (सिए) सहज प्रवेश, क्षमता एवं गुणस्तरीयता अभिवृद्धि, आइक्यान परिषदमा आरएहरुको संख्या र भूमिका वृद्धि लगायत आईक्यानमा चरणवद्ध रुपमा पेश गरिएका मागहरुमध्ये बर्तमान परिवर्तित ऐन नियमसंगत रुपमा परिवर्तन र सूत्रवद्ध गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् सस्था समक्ष यो महाधिवेशन माग गर्दछ ।

१६. नयाँ संविधान सगै नयाँ नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन ल्याउनुपर्ने भएकोले उक्त ऐनमा दर्तावाला लेखापरीक्षकहरुका सन्दर्भमा देखिएका सबै विभेदको अन्त्य गरी समान सदस्यता कायम गर्न जोडदार माग गर्दछौं । संघियताको मर्म अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐनमा संसोधन गरि क्षेत्रिय परिषद्को ब्यवस्था गरि लेखा ब्यावसायको बिकास, संरक्षण र सम्बद्र्धन गरि मुलुकको आर्थिक समृद्धि, सुशासनको र बिकास निम्ती कार्य गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासंग यो महाधिवेशन आग्रह गर्दछौं ।

१७. चार्टर्ड एकाउन्टेन्ट र लेखापरीक्षक फरक फरक बिषयहरु हुन सबै चार्टर्ड एकाउन्टेन्टहरु लेखापरीक्षक नहुन सक्छन । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट पेशागत प्रमाण पत्र लिई सोको नविकरण गरेका दर्तावाला लेखापरीक्षक र चार्टर्ड एकाउन्टेन्ट मात्र लेखापरीक्षक हुन सक्दछन । लेखापरीक्षक सम्बन्धि ऐन २०३१ दफा २ उपदफा (ख) मा “लेखापरीक्षक “ को परिभाषा गरि ऐन बमोजिम लेखापरीक्षकको रुपमा नाम दर्ता भएको ब्यक्ति सम्झनु पर्छ भनिएको छ कतिपय नियमावली र निर्देशिकाहरुमा एकपक्षिय हिसावले सरोकारवालाहरुसंग छलफल नगरी लेखापरीक्षणको लागि लेखापरीक्षक शब्द उल्लेख गर्नु पर्नेमा चार्टड एकाउन्टेन्ट लेखिने गरेको पाइयो संस्थाले सबै सदस्यहरुको भावना, कानुनको स्प्रीट बमोजिम लेखापरीक्षक शब्दको प्रयोग गर्ने गरि सम्बद्ध पक्षहरुसंग यो अधिवेशन हार्दिक अपिल गर्दछ ।

१८. नेपाल अडिटर्स एसोसिएसनको पाचौ राष्ट्रिय महाधिवेशनमा उपस्थित भई महाधिवेशनलाई भब्यरुपमा सम्पन्न गर्न उपस्थित हुनु भएका प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिज्युहरु देशभरिबाट पाल्नुभएका सम्पुर्ण प्रतिनिधि एवं पर्यवेक्षकज्युहरु,पत्रकारज्युहरु, जरनल प्रकासनमा बिज्ञापन उपलब्ध गराउनु हुने बिज्ञापनदाताहरु, कर्मचारी साथिहरु, लगायत सहयोगि शुभचिन्तक सबैमा यो महाअधिवेशन हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.