जीविकोपार्जनका लागि तालिम सञ्चालन
स्याङ्जा, १७ जेठ, : सूर्याेदय क्लव स्याङ्जा र घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाकाे साझेदारीमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (medpa) कार्यक्रमकाे जिल्ला स्तरिय अनुगमन सम्पन्न भएकाे छ ।कार्यक्रम प्रभावकारी रूपमा संचालन अनुगमनमा प्रमुख जिल्ला अधिकारी काेषहरि निराैला, जिल्ला समन्वय समितिका अधिकृत गाेपिकृष्ण भट्टराई, घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जा प्रमुख उद्योग अधिकृत कृष्ण प्रसाद पाेखरेल, पत्रकार महासघ स्याङ्जा का अध्यक्ष ओम शर्मा , स्याङ्जा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्कत श्रेष्ठ , स्याङ्जा च्याम्बर अफ कमर्शका बरिस्ठ उपाध्यक्ष श्री गुरूङ,नेपाल घरेलु तथा साना उद्योग महासंघ स्याङ्जा का अध्यक्ष जुमकाजी गुरूङ, उपभोक्त हित संरक्षण मन्चकम अध्यक्ष राजु मरासिनी, सूर्याेदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ , सचिव एकबहादुर गाेदार घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाका लेखा प्रमुख सुदर्शन रेग्मी , कार्यक्रम संयाेजक सुमन चाैधरी , लगायतकाे टाेलिले अनुगमन गरेकाे हाे ।
चालू आवमा सूर्याेदय क्लवले फेदिखाेला अाधीखाेला, बिरुवा, अर्जुन चाैपारी गाउपालीका र पुतलीबजार तथा भिरकाेट नपामा १७६ जना नया उद्यमी सृजना गर्ने र १४२ जना उद्यमीकाे स्तर उन्नति गर्ने कार्यक्रम रहेकाे अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनु भयाे । कार्य क्षेत्रमा सहभागी हरूकाे छनाैट अनुसार माैरी पालन, ढाका बुनाई, बाख्रा पालन बंगुर पालन, कुखुरा पालन, ब्युटि पार्लर, बुटिक, सिलाई कटाई लगायतका १८ किसिमका शिपमुलक तालिमहरू संचालन भईरेहका छन ।

प्रमुख जिल्ला अधिकारी काेष हरि निराैला ज्युले तालिमकाे सिपलाई आय आर्जनमा लान उद्यमी बन्नु पर्ने बताउनु भयाे । घरेलु प्रमुख कृष्ण पाेखरेल ज्युले कार्यक्रम प्रभावकारी रूपमा संचालन भएकाेमा खुसी ब्यक्त गर्नु भयाे । अनुगमन कर्ता सबैले ब्यवसायी बनेर राेजगारी सृजना गर्न स्वराेजगार बन्न आव्ह्वान गर्नु भयाे। बजार ब्यवस्थापन, कच्चापदार्थ तथा प्रविधिका लागि आवश्यक सहयाेग गर्नेमा सबैले प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियो ।
पुतलीबजार नपा २ राङदाङमा नागाशल बुनाई, फेदिखाेला गाउपालिका ४ छेलाे हान्नेमा ढाका बुनाई तथा गुडिया बनाउने तालिम र भिरकाेट नपा ५ स्वरेकमा सिलाई कटाई तालिमको स्थलगत अनुगमन तथा अन्तरक्रिया गरिएकाे थियाे । सहभागी हरूले प्रविधिमा थप सहयाेगकाे माग गरेका थिए र आफु उद्यमी बन्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
जीविकोपार्जनका लागि ३५ दिन सम्म सञ्चालन गरिने तालिममा वडाका १५ जना महिलाको सहभागीता रहेको छ ।
