नेपाल गुणस्तर चिह्न अनिवार्य

काठमाडौँ, २७ चैत : सरकारले नेपाल गुणस्तर चिह्न लिन बाध्य हुने सामग्रीमा ग्यास चुल्होबाट सिलिण्डरसम्मको पाइप थप गर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल नियन्त्रण विभागले अहिले ११ वस्तुलाई गुणस्तर चिह्न लिन बाध्य गरेकामा यो समेत गरेर १२ सामग्री गुणस्तर चिह्न लिन बाध्यकारी हुनेछन् ।

यस्ता पाइपको विदेशबाट आयात गर्न वा बजारमा बिक्रीवितरण गर्नका लागि अनिवार्यरुपमा गुणस्तर चिह्न लिनुपर्ने व्यवस्था गरिएको विभागका निर्देशक दीपक ज्ञवालीले बताउनुभयो । यसअघि ग्यासको रेगुलेटर र सिलिण्डरलाई गुणस्तर चिह्न अनिवार्य गरेको थियो । उहाँले भन्नुभयो, “सिलिण्डरबाट चुल्होसम्म पुग्न प्रयोग हुने सबै सामग्री सुरक्षित हुनुपर्ने भएकाले पाइपमा पनि चिह्न अनिवार्य गरिएको हो ।” स्वास्थ्य र सुरक्षामा खतरा पुग्नसक्ने वस्तुको बिक्रीवितरण गर्दा गुणस्तर चिह्न लिनु बाध्यकारी रहेको ज्ञवालीले बताउनुभयो ।

ग्यास सिलिण्डर र त्यससँग सम्बन्धित सामग्री सुरक्षाका हिसाबले पनि महत्वपूर्ण हुने उहाँले बताउनुभयो । “ग्यासमा प्रयोग हुने सामग्री सुरक्षित छन् भन्ने प्रमाणित नहुँदा जुनसुकै समयमा दुर्घटना हुनसक्छ”, ज्ञवालीले भन्नुभयो ।

सरकारले गुणस्तर चिह्न लिन अनिवार्य गरेका सामग्रीमा तीन किसिमका सिमेन्ट, डन्डी, एलपिजी भल्भ, ड्राइसेल ब्याट्री, जिआइ तार, सिलिण्डर र रेगुलेटर रहेका छन् । विभागको सँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि कुनै पनि वस्तु गुणस्तर चिह्न लिनैपर्ने (बाध्यकारी) वस्तुमा पर्छ ।

सरकारले अनिवार्य गरेका सामग्रीबाहेक पनि व्यवसायीले स्वेच्छिकरुपमा गुणस्तर चिह्न लिन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal