विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ, २० माघ : प्रतिनिधिसभाको आजको बैठकमा विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ प्रस्तुत भएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । यसअघि उक्त विधेयकलाई सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्विकृत गरेको थियो ।

बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.