भन्सारलाई व्यवस्थित गर्नुपर्नेमा जोड

काठमाडौँ, ९ माघ : प्रविधिको विकाससँगै समयसापेक्ष भन्सार व्यवस्थालाई सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले ६७औँ भन्सार दिवसका अवसरमा आयोजना गरेको ‘भन्सार सहजीकरण, वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानामा हुने चोरी पैठारीलाई व्यवस्थित गर्नुपर्ने सुझाउनुभएको हो ।

विभागका महानिर्देशक तोयम रायाले दक्ष जनशक्तिका साथै प्रविधिको व्यवस्थापन गरी भन्सार व्यवस्थापनमा देखिएका चुनौती समाधान गरिने र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभागका निर्देशक मुक्तराम आचार्यले भन्सार जाँचपासमा जोखिम व्यवस्थापन गर्नका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो ।

महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायीलाई भन्सार छुटाउन विभिन्न प्रकारका समस्या आउने गरेकाले त्यसलाई सहज र व्यवस्थित बनाउन माग गर्दै उद्यमीलाई न्यून विजीकरणको समस्या रहेको बताउनुभयो । आव २०७४/०७५ मा कूल गार्हस्थ्य उत्पादन ५.९ प्रतिशत तथा आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.