अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालीम

काठमाडौँ, ३० पुस : अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सार्वजनिक वित्त व्यवस्थान विषयमा विशेष तालीम शुरु भएको छ ।

अर्थ मन्त्रालयले भारत सरकारलाई गरेको अनुरोधअनुसार नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत सो तालीम आजदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स, नयाँ दिल्लीमा दिइएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

सो तालीमबाट विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, निवृत्तिभरण भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीको क्षमता अभिवृद्धि गरिनेछ । तालिम तीन समूहमा सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.