चितवन महोत्सव शुरु

चितवन, २५ पुस : उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजदेखि नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ ।

महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो ।

महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ स्थानीय तहसँग मिलेर उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गर्दै आएको छ । यो १२ औँ संस्करण हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार महोत्सवका अवधिमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जालगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी गरिने छ । महोत्सव स्थलमा दैनिक राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने छ ।

महोत्सव प्रदर्शन व्यवस्थापन समितिका संयोजक चुमनारायण श्रेष्ठका अनुसार चार विदेशीसहित २२ जिल्लाका प्रदर्शकले प्रदर्शनी कक्ष राखेका छन् । चीन, भारत, पाकिस्तान र बङ्गलादेशका कक्ष रहेका छन् । उहांँका अनुसार ५७० कक्ष महोत्सवमा रहने छन् ।

यसअघिका महोत्सवमा ५२० सम्म कक्ष रहे पनि बढ्दो शहरीकरण र महोत्सवको आकर्षणका कारण कक्ष थपिएको श्रेष्ठले बताउनुभयो । महोत्सवमा व्यावसायिक कक्ष, कृषि प्रवद्र्धन, सूचना प्रविधिसम्बन्धी कक्ष, नेपालमा बनेका हस्तकला प्रदर्शन, शैक्षिक कक्षका साथै सामाजिक संस्थाका कक्ष रहेका छन् ।

माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल भ्रमण वर्ष २०२० तर्फ लक्षित छ । चितवनको पर्यटकीय क्षेत्रलाई चिनाई यस जिल्लालाई देशकै पहिलो पर्यटकीय गन्तव्य बनाउन टेवा पुगोस् भन्ने हेतुले महोत्सव कक्षमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ । उक्त चिडियाखानामा चितवनका गैँडा, बाघ, भालु हात्ती, चराचुरुङ्गीलगायत विदेशमा पाइने जनावरको समेत मूर्ति निर्माण गरिएको छ । यहाँका ५० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक पथप्रदर्शन तथा जानकारीमूलक पुस्तिकासमेत तयार गरिएको छ ।

महोत्सवलाई थप आकर्षण दिने स्टल ‘मेड इन नेपाल’ रहेको छ । ती स्टलमा नेपालमा मात्रै उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal