लेखापरीक्षण विधेयक पारित

काठमाडौँ, २२ पुस : प्रतिनिधिसभाको अर्थ समितिले ‘लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई आवश्यक संशोधनसहित पारित गरेको छ ।

समितिको आजको बैठकले सो विधेयकका सम्बन्धमा परेको संशोधन तथा आवश्यक विषयमा सांसदले दिनुभएको राय समेटेर पारित भएको सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

समितिले सो विधेयकलाई अब सङ्घीय संसद्को पूर्ण बैठकमा पेश गर्नेछ । लेखा परीक्षणलाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउने गरी विधेयकलाई समयानुकूल बनाइएको सभापति दाहालले बताउनुभयो । महालेखापरीक्षकले वित्तीय तथा विविध विषयको लेखा परीक्षण, सामयिक लेखा परीक्षण, अनुदान तथा सहायताको लेखापरीक्षण गर्ने व्यवस्थालाई विधेयकले सामयिक बनाएको छ ।

प्रत्येक गाउँपालिका र नगरपालिकाले महालेखापरीक्षकबाट लेखापरीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ । महालेखापरीक्षकले संविधान र यस ऐनको लेखा परीक्षणसम्बन्धी व्यवस्था मिलाउन वा नियमिततामा ल्याउन सम्बन्धित निकायलाई समयसमयमा निर्देशन दिन सक्ने व्यवस्था विधेयकमा छ । महालेखापरीक्षकले संविधान र यस विधेयकको अधीनमा रही निजी क्षेत्रको लेखापरीक्षणसम्बन्धी व्यवस्थाका सम्बन्धमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थालाई समय समयमा निर्देशन दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.