ताइचुङ विश्व पुष्प प्रदर्शनीमा नेपालमण्डप

काठमाडौँ, १३ पुस । ताइवानको औद्योगिक शहर ताइचुङ नजीक ताइचुङ विश्व पुष्प प्रदर्शनी गत कात्तिक १७ देखि आगामी वैशाख ११ सम्म चलिरहेको छ । यहाँ ३०० वर्ग मिटरभित्र फैलिएको ७ मीटर अग्लो स्वम्भुनाथ स्तूप एउटा प्रदर्शनीको मुख्य आकर्षण रहेको छ ।

‘सानो स्वयम्भूनाथ’ स्तूपको वरिपरि सानो सुन्दर बगैँचा, ढुङ्गेधारो, सानो चैत्य, भूमि स्पर्श मुद्रामा अभिताभ बुद्धको मूर्ति, नेपाली काष्ठकला कुँदिएको अग्राखका ठूला ढोका, पञ्च धबाजा, कुनामा एउटा सत्तल, एउटा बज्र, एउटा माने र स्तूप अगाडि ठडिरहेको नेपालको झण्डा छन् ।

पुष्प प्रदर्शनी ७१ हेक्टर भूमिमा फैलिएको छ । छ महिना लामो सो प्रर्दशनीमा ८० लाख मानिसले भ्रमण गर्ने अनुमान गरिएको छ । झण्डै पाँच महिना ( नेपालमा चार महिना र ताइवानमा एक महिना ) लगाएर बनाइएको सोमहाचैत्य तथा पूरै मण्डप, मण्डपसँगै रहेको विश्व बगैँचा बजामार नेपाली निर्माताले नेपाली रेष्टुरेण्ट तथा नेपाली हस्तकलाका सामान राखी नेपाली खाना र हस्तकलाका सामानको प्रबद्र्ध गरिरहेका छन् ।

ललितपुर नेपालको ललितमण्डप आर्ट एण्ड आर्टिटेक प्राइभेट लिमिटेडले निर्माण गरेको सो प्रस्तुतिले नेपालको पर्यटन प्रबद्र्धननमा ठूलो सहयोग गर्ने त्यहाँ बसोबास गरिरहनुभएका विदुर–८, नुवाकोट, नेपालका कपिल अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.