भृकुटीमण्डपमा खुला बजार हटाएर स्थायी कक्ष बनाउने

काठमाडौँ, २ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताउनुभएको छ । 

काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उहाँले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताउनुभयो । 

निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उहाँको भनाइ रहेको थियो । मन्त्री थापाले संविधान र कानूनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको भन्दै जनताको हक र हितका लागि नै सरकार केन्द्रित रहेको धारणा राख्नुभयो ।

सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सोमबार यहाँ काठमाडौं निम्न व्यापारी संघ भृकुटीमण्डप खुलाबजारको २६औं स्थापना दिवसमा आयोजित कार्यक्रममा मन्त्री थापालगायतका सहभागीहरु । तस्वीर: मन्त्रीको निजी सचिवालय
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.