सिमकोटका विद्यालयमा पठनपाठन शुरु   

भौतिक दूरी कायम गरी अध्ययन गर्दै विद्यार्थी । तस्बिरः विनोद सिंह विष्ट

सिमकोट, १९ कात्तिक : कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन् ।

यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले अविद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन् । ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन् । कतिपय विद्यालयले भने सामाजिक दूरी पालना गरेका छैनन् ।

मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आज पहिलो दिन करीब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिनुभयो ।

रलिङ्ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताउनुभयो । कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

यसैबीच, हुम्लामा आजबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । विद्यालयको आन्तरिक मूल्याङ्कन पद्धतिबाट उक्त परीषा सञ्चालन भएको हो । परीक्षामा ८२ जना नियमित र १०६ जना आंशिक विद्यार्थी रहेका छन् ।

हुम्ला संक्रमणमुक्त

हुम्ला जिल्ला आजदेखि कोरोना संक्रमणमुक्त भएको छ । सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संmक्रमितको संख्या शुन्य भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

हुम्लामा हाल सम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो भने उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.