न्यौपानेलाई विद्यावारिधी उपाधि

काठमाडौँ, ४ असोज : अनुसन्धानकर्ता दशरथ न्यौपानेले भारतको राजस्थानस्थित डा केएन मोदी विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि प्राप्त गर्नुभएको छ ।

‘एग्रेसन इन खालेद हुसेनीज् अ थाउजेन्ट स्प्लेण्डिड सन्स्’ शीर्षकअन्तर्गत अङ्ग्रेजी साहित्य विषयमा न्यौपानेले अध्ययन अनुसन्धान गरेर विद्यावारिधी उपाधि पाउनुभएको हो । उहाँले सन् २०११ देखि २०१८ सम्म सात वर्ष लगाएर उक्त विषयमा विद्यावारिधी गर्नुभएको थियो । न्यौपानेले यही सोमबार भारतको डा केएन मोदी विश्वविद्यालयबाट उक्त उपाधि लिनुभएको हो ।

लमजुङ राइनास नगरपालिका–१ का न्यौपानेले अमेरिकी, भारतीय र नेपाली विभिन्न जर्नलमा समेत अनुसन्धानात्मक लेख प्रकाशित गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.