उपप्राध्यापक डा. दंगालद्वारा निःशुल्क अनलाइन कक्षा सञ्चालन

काठमाडौँ, ३० चैत्र । लकडाउनको समयमा त्रिवि सेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरुलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिलनाथ दंगालले निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिरहनु भएको छ ।

डा. दंगालले गत चैत्र १४ बाट त्रिविका अनुभवि उपप्रशासक विष्णु अर्यालसँग मिलेर त्रिवि सेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरुलाई लक्षित गरी अनलाइन कक्षा लिइ रहनु भएको र लकडाउन थपिए पछि विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थीहरुलाइ लक्षित गरी दोस्रो चरणमा कक्षा संचालन गरिरहनु भएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव समेत रहनु भएका डा. दंगालले हालै देशमा भएको लकडाउनको समयमा निः शुल्क सेवा दिने उद्देश्यले यसरीे अनलाइन कक्षा संचालन गरेर सराहनिय काम गरेका कारण आफुहरु लाभान्वित भएको कुरा सहभागी विद्यार्थीहरुले बताएका छन् ।

त्रिविका स्थायी र पूर्णकालीन शिक्षकले त्रिवि बाहेक अन्यत्र कुनै पनि निजी कलेज वा संस्थामा कक्षा लिने कुरामा सैद्धान्तिक असहमति राख्दै आएका डा. दंगालले त्रिवि भित्र कक्षा लिएर बचेको समय अध्ययन, अनुसन्धान, प्राध्यापक संघ, समाजसेवा तथा त्रिविको उत्थानमा लगाउँदै आउनुभएको छ ।

यो निः शुल्क कक्षामा सहभागी हुनका लागी जुम एप डाउनलोड गरेर हरेक दिन ३ बजे जोडिन सकिने र भिडियो कल बाटै दोहोरो छलफल गरी कक्षा लिन सकिने सञ्चालकको भनाइ छ । अनलाइन कक्षामा धेरै विद्यार्थीहरुले सहभागीता जनाएको र सहभागीता बढ्दो क्रममा रहेकोले लाइभ जोडिन असमर्थ भएकाहरुको सुविधालाई ध्यानमा राखेर छलफललाई रेकर्ड गरी युट्युबमा पनि राखिएको र दोस्रो चरणको कक्षा चैत्र २६ बाट सुरु भएको हो । आजसम्म पहिलो चरणका १७ र दोस्रो चरणका ५ वटा कक्षा सम्पन्न भएकोमा सबै कक्षाहरु अति उपयोगी भएको एक सहभागीले बताएका छन् भने कक्षालाई सहभागीको रुचि अनुसार बढाउन सकिने र आगामी कक्षाहरु पनि उपयोगि रहने आयोजकको भनाइ छ ।

करमा विद्यावारीधि गर्नुभएका उपप्राध्यापक दंगाल देशमा देखिएको करको करकर कसरी कम गर्न सकिन्छ भन्ने सोचाइमा आफु रहेको र यो कक्षाका माध्यमबाट करका बारेमा सहभागीलाई बुझाउन भनेर पहिलो चरणका कक्षाहरु करमा आधारित रहेका पनि बताउनु हुन्छ । लकडाउन बढी रहेको अवस्थामा त्रिविले पनि अव अनलाइन कक्षा संचालन गर्ने निर्णय गरेको र त्रिविले संचालन गर्ने उक्त अनलाइन कक्षाहरुको नेत्रित्व आफुलाई दिएमा विश्वविद्यालयलाई सहयोग गर्न पनि सकिने बताउनु हुन्छ उपप्राध्यापक डा. दंगाल ।

देशमा संकट आउनासाथ कसरी कमाएर रातारात मालामाल हुन सकिन्छ भनेर सोच्ने मानिसहरुको भिड हामी कहाँ कम छैन । कहिले के मा त कहिले के मा कालाबजारी भएका समाचारहरु दिन प्रतिदिन सुन्नमा आएका छन् तर समाजमा यस्ता मनकारी दंगाल पनि छन् जो भुकम्पमा होस् वा नाकावन्दीमा अथवा लकडाउनको समयमा कसरी समाजसेवा गर्न सकिन्छ भनेर सोच्ने गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.