ताइवानको एकै विश्वविद्यालयमा २६ नेपाली विद्यार्थीलाई छात्रवृति

टेकनाथ न्यौपाने । काठमाडौं, २६ भदैं : ताइवानको नेश्नल पिन्टुङ्ग युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजिले २६ नेपाली विद्यार्थीलाई छात्रवृतिको सुविधाप्रदान गरेको छ ।
कृषि विषयमा स्नातक तहको अध्ययन गर्न उक्त विश्वविद्यालयमा एकै पटक २६ नेपाली विद्यार्थीले शतप्रतिशत छात्रवृति प्रदान गरेको हो । नेपालबाट शम्भु केसी र ताइवानको विश्वविद्यालय प्राध्यापक लेखनाथ काफ्लेको सक्रियता र पहलमा ति विद्यार्थीहरूले उक्त विश्वविद्यालयमा शतप्रतिशत छात्रवृति अध्ययन गर्ने सुविधा पाएका हुन ।

कृषि प्रधान मूलुक नेपाललाई व्यवसायिक र आधुनिक कृषिमा सहयोग पु-र्याउने हेतुले छात्रवृति प्रदान गरिएको उक्त विश्वविद्यालयका प्राध्यापक काफ्लेले बताउनु भयो ।
पछिल्लो समय ताइवानले नेपाली विद्यार्थीहरूलाई बिभिन्न खोज तथा अनुसन्धानका लागि छात्रवृति प्रदान गर्दै आइरहेकोले नेपाली विद्यार्थीहरूले छात्रवृति मार्फत उच्च शिक्षाको अवसर लिन सक्ने र आफुले सक्दो सहयोग पु-र्याउने शम्भु केसीले बताउनु भयो ।
