विश्वविद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डा अन्त्य गर्न माग 

काठमाडौँ, १५ भदौ : नेपाली काङ्ग्रेसको भ्रातृ संङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा हुने भागबण्डा अन्त्य गर्न माग गरेको छ । नेविसङ्घले आज पछिल्लो समय राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्दा शिक्षा क्षेत्र आक्रान्त बनेको भन्दै भागवण्डा अन्त्य गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विश्वविद्यालयमा हुने नियुक्ति राजनीतिक भागवण्डामा भन्दा पनि प्रतिष्पर्धाका आधारमा हुनुपर्ने बताउनुभयो । हरेक नागरिक शिक्षित भए मात्र समृद्ध मुलुक निर्माण हुने भन्दै शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका संयोजक एवं नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबण्डा नरोकिए नेविसङ्घ कडा सङ्घर्षमा उत्रने बताउनुभयो । नेविसङ्घले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने, खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्नुपर्ने, हाम्रो शिक्षा हाम्रो देश भागवण्डामुक्त शैक्षिक परिवेशलगायतका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.