रोकालाई विद्यावारिधि

काठमाडौँ, ११ असार : चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेस एण्ड इकोनोमिक्स (युआइबिई) बाट नेपालका कल्याण रोकाले राजनीतिक अर्थशास्त्र विषयमा विद्यावारिधि प्राप्त गर्नुभएको छ ।

सन् २००६ देखि २०१६ सम्मको समयावधिमा विश्वका १२० देशको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरेर ‘खुशी’ शीर्षकमा उहाँले विद्यावारिधिको सोध सम्पन्न गरेको छ ।

विश्वका साढे सात अर्ब मानिसको साझा विषय के हुन सक्दछ भनेर खोजी गर्ने सन्दर्भमा गरीब, धनी, बालक, वयस्क, वृद्ध, महिला, पुरुष तथा जुनसुकै देशको जुनसुकै धर्म सम्प्रदायको नागरिक भए पनि मानिसहरुको साझा खोजीको विषय ‘खुशी’ हो भन्ने उनको सोध कार्यको निष्कर्ष छ ।

आर्थिक वृद्धिदर, व्यक्तिगत आम्दानी, आर्थिक स्वतन्त्रता, मानव विकास सूचकाङ्क आदिलाई आधार बनाएर राष्ट्रिय खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने उनको सोधकार्यमा आर्थिक वृद्धिदरले मात्र नागरिकको जीवनमा खुशी ल्याउन नसकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.