अत्यधिक गर्मीका कारण टीकापुरका विद्यालय बन्द

भजनी, २७ जेठ : अत्यधिक गर्मीका कारण कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द हुने भएका छन् । गर्मीका कारण अध्ययन अध्यापनमा समस्या हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ ।

टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी जेठ ३२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले अत्यधिक गर्मीका कारण चार दिनमा लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

“गर्मी अत्यधिक भएर विद्यार्थीको पठनपाठनमा समस्या हुन थालेपछि हामीले सरोकारवाला निकायसँग छलफल गरी चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ”, रावलले भन्नुभयो । टीकापुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ७२ वटा विद्यालय रहेका छन् । अत्यधिक गर्मीका कारण दिउँसोको समयमा जनजीवन प्रभावित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal