देशभर प्राविधिक शिक्षा विस्तार गरिने

ओखलढुङ्गा, २७ जेठ : सरकारले देशभर प्राविधिक शिक्षा विस्तार गर्ने तयारी गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताउनुभएको छ । ‘ओखलढुङ्गा स्कूल अफ हेल्थ साइन्स’को अनुगमन गर्दै उहाँले आगामी वर्षसम्म ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाका कक्षा सञ्चालन गरिने बताउनुभयो ।

सबै नेपालीलाई जीवन उपयोगी शिक्षा दिने योजना अनुरुप ‘एक स्थानीय तह, एक प्राविधिक शिक्षालय’ खोल्ने सरकारको नीति रहेको मन्त्री पोखरेलले बताउनुभयो । उहाँले प्राविधिक धारका कक्षा सञ्चालनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले साझा प्रयास गरिरहेको बताउनुभयो । मन्त्री पोखरेलले प्राविधिक शिक्षाका लागि प्रयोगशाला र दक्ष प्राविधिक शिक्षकको व्यवस्थापन गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो ।

“अझै ६० हजार बालबालिका विद्यालयबाहिर छन्”, उहाँले भन्नुभयो । विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराएर औपचारिक शिक्षा सुनिश्चित गर्न मन्त्री पोखरेलले स्थानीय सरकारलाई निर्देशन दिनुभयो । देशका १२६ स्थानीय तहका विद्यालय तहका सबै बालबालिकालाई भर्ना अभियानमा समेटिएको उहाँले जानकारी दिनुभयो ।

सांसद यज्ञराज सुनुवारले जिल्लामा स्वास्थ्य विज्ञानको पढाइ शुरु भएपछि पूर्वी पहाडी जिल्लाका विद्यार्थीले नर्सिङ पढ्न लाखौँ रुपैयाँ खर्चेर टाढा धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले नर्सिङ कक्षाको व्यवस्थापनका लागि रु १५ लाख रकम सहयोग गर्ने घोषणा गर्नुभयो ।

ओखलढुङ्गा सामुदायिक अस्पतालको व्यवस्थापनमा स्वास्थ्य विज्ञानको अध्यापन यस वर्षदेखि शुरु भएको हो । हाल २० छात्राले अध्ययन गरिरहेको अस्पतालका निमित्त निर्देशक बुद्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal