आफ्नै स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा शिक्षक फागोको निधन

पाँचथर, ६ जेठ : फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ ।

विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँको मृत्यु भएको हो । मन्तव्य राखिसक्ने बित्तिक्कै शिक्षक फागो बेहोस भएर ढल्नुभएको थियो ।

फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको बेहोस भएको केहीबेरमै मृत्यु भएको बताइएको छ । शवपरीक्षणका लागि सरदरमुकाम लगिएको तमाखेस्थित प्रहरी चौकीले जनाएको छ ।

शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.