थप २० विद्यालयमा साक्षरता कार्यक्रम संचालन हुने

स्याङ्जा, ४ वैशाख : पढ्नका लागि कोठा, नेपाल र सूर्योदय क्लब स्याङजाको साझेदारीमा संचालित साक्षरता कार्यक्रम स्याङ्जा जिल्लाका थप २० वटा सामुदायिक विद्यालयमा बिस्तार हुने भएको छ ।

कार्यक्रम बिस्तारका लागि आज पढ्नका लागि कोठा र सूर्योदय क्लबबीच सम्झौता सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत कक्षा १ र २ को कक्षाकोठा व्यवस्थापन, विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक तथा फर्निचर सहयोग, शिक्षकहरुको पेशागत क्षमता विकास लगायतका गतिविधि गरिन्छ ।

उक्त कार्यक्रम कार्यान्वयनका लागि कुल बजेट रु १ करोड ३१ लाख ५५ हजार ३ सय २० रहेको कुरा कार्यक्रम संयोजक आशिष न्यौपानेले बताउनु भयो । गत बर्ष देखि ३५ विद्यालयमा संचालन भइरहेको कार्यक्रम थप २० विद्यालयमा बिस्तार गरी ५५ विद्यालयमा संचालन हुने सूर्योलय क्लबका अध्यक्ष अनन्त श्रेष्ठले बताउनु भयो ।

साक्षरता कार्यक्रम अन्तरगत कक्षा १ र २ मा पठन सीप विकासका साथै विद्यालयमा पुस्तकालय स्थापना गरी प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुमा पढ्ने सीप र वानीको विकास गर्न सहयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.